२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

उदयपुरमा करेन्ट लागेर युवतीको मृत्यु

बिन्द्र राई
२०८२ जेठ ३० गते २०:५९
उदयपुरमा करेन्ट लागेर युवतीको मृत्यु

उदयपुर : उदयपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका वडा नं ५ बस्ने १७ वर्षीय दुर्गा कार्कीको करेन्ट लागेर मृत्यु भएको हो ।

उनको आफ्नै घर छेउमा रहेको कुखुरा फर्ममा काम गर्ने क्रममा शुक्रबार बिहान करेन्ट लागेर छटपटाइरहेको अवस्थामा आफन्तले देखेका थिए ।

तत्काल उपचारका लागि बेलका नगर अस्पतालमा लगिएकोमा डाक्टरहरुले मृत्यु भएको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मृतकको शवलाई पोष्टमाटमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ ।  सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर