रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिका –४ टेङ्ग्राहामा दुर्गा मन्दिरको शिलान्यास गरिएको छ । नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनले विधिवत् पूजा पाठ गरी शिलान्यास गरेकी हुन् ।
टेङ्ग्राहामा दुर्गा मन्दिर नहुँदा स्थानीयबासीले आवश्यकताको महसुस गरेपछि नगरपालिका कार्यालयको आर्थिक सहयोगमा मन्दिर निर्माण थालिएको उपभोक्ता समितिको अध्यक्ष अजयकुमार यादव (मानजन)ले जानकारी दिए ।
वडाध्यक्ष सतिश कुमार यादव (गौरव)अनुसार दुर्गा मन्दिर निर्माणका लागि नगरस्तरिय बजेटबाट ३ लाख रुपैयाँ छुट्याइएको छ भने थप लाग्ने खर्च पनि पालिकाबाटै व्यवस्थापन गरिनेछ ।
शिलान्यास कार्यक्रममा पूर्व वडाध्यक्ष ब्रम्हानरायण यादव, लालबाबु यादव, लगायतको उपस्थिति रहेको थियो । दुर्गा मन्दिर निर्माणले धार्मिक आस्थाको प्रवद्र्धनसँगै स्थानीय समुदाय समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।