२०८१ असोज १३ गते आइतवार / Sep 29 , 2024 , Sunday
२०८१ असोज १३ गते आइतवार

कविता : असीमित चाहनाहरू

ADV
२०८१ असार २९ गते ०६:२५
कविता : असीमित चाहनाहरू

–अच्युत मान सिंह प्रधान ‘उत्सुक’

हुन्छ मानिसको असीमित चाहनाहरू ।
हुन्छ सागरको गहिराइलाई चुम्ने चाहना । 
हुन्छ आकाशको उचाइको मापन गर्ने चाहना । 
हुन्छ सर्व श्रेष्ठ हुने चाहना । 
हुन्छ अरू भन्दा सुन्दर बन्ने चाहना ।
हुन्छ जीवनमा धेरै कमाउने चाहना ।
हुन्छ जीवनमा धेरै सम्पत्ति जोर्ने चाहना ।
हुन्छ आरामदायी जीवन जिउने चाहना । 
हुन्छ मानिसका अनगिन्ती चाहनाहरू ।  
यस्तै अनेक चाहनाले गर्दा पुर्‍याउन मानिसलाई सफलता तर्फ ।
पुरा हुन्छ या हुँदैन मानिसको चाहना । 
तर पनि गर्नु पर्छ अनेक प्रयास निरन्तर जीवनमा । 
प्रयास गरे पुगिन्न र के ? 
भन्छन् कर्म गर्नु तर फलको आस नगर्नु । 
तर, जीवनमा आस गर्न चाहिँ नमार्नु कहिले ?  
मृत्युशय्या पुगेको मानिसको पनि चाह हुन्छ जिउने । 
आफ्ना चाहनाहरूलाई पूर्ण बिराम नलगाउनु हुन्न कहिले । 
जीवनमा मानिसले हरेस खानु हुन्न कहिले । 
भन्छन् सास रहे सम्म हुन्छ आस ।
गर्न सक्नु मात्र पर्छ, सयमता र प्रतीक्षा गर्न जीवनमा ।
जीवनमा परिश्रमको फल मिठो हुन्छ जहिले । 
त्यस्तै प्रतीक्षाको फल मिठो हुन्छ जहिले ।

ADVADV

सम्बन्धित खबर

Advertise