२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते १४:३८
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

११० सदस्यीय प्रदेशसभामा बानियाँले कांग्रेसका ३७ र एमालेका २७ सांसदसहित ६४ सांसदको बहुमत समर्थन पाएका छन् । बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री हुन् । 

निर्माण व्यवसायीसमेत रहेका बानियाँ २०७० को संविधानसभा निर्वाचनमा मकवानपुरबाट कांग्रेसका तर्फबाट निर्वाचित सांसद थिए । उनी २०७३ मा संघीय सरकारमा गृह तथा पर्यटन राज्यमन्त्रीसमेत भइसकेका छन् ।

यसअघि संसदीय दलको नेताका लागि बहादुरसिंह लामासँग पराजित भएका बानियाँले हालै लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी नेतृत्व फेरेका थिए । लामाले राजीनामा दिएपछि बानियाँको सरकार गठनको बाटो खुलेको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise