२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सामाजिक मूल्यमान्यतामा प्रतिकुल असर पार्ने विधेयक संसदमा पेस नगर्ने कानुनमन्त्रीको प्रतिवद्धता

Nada
२०८२ साउन २१ गते १४:५७
Shares
सामाजिक मूल्यमान्यतामा प्रतिकुल असर पार्ने विधेयक संसदमा पेस नगर्ने कानुनमन्त्रीको प्रतिवद्धता

काठमाडौंः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाह जस्ता सामाजिक मूल्य र मान्यतामा प्रतिकुल असर पार्ने विधेयक संसदमा पेस नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

ncell

बुधबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले समाजमा नकारात्मक प्रभाव पार्ने खालका कानुनी प्रस्तावहरू अघि नबढाइने प्रतिवद्धता व्यक्त गरेका हुन् । सामाजिक न्यायलाई खलल पुग्नेगरी कानुन निर्माण गर्ने कुरामा कोही पनि सहमत हुन नसक्ने उनको भनाइ छ । 

सभाको बैठकमा सांसदहरुले बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका थिए । सरकारले बहुविवाहसम्बन्धी कानूनी मस्यौदा तयार पारेको भन्दै समाचार प्रकाशन भएपछि सरकारको आलोचना भइरहेको छ ।  

उनले भने, ‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकुल प्रभाव पार्नेगरी बहुविवाह लगायतको कुनैपनि विधेयक यस सम्मानित सदनमा पेश नहुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’
मन्त्री चौरसियाले विवाह गर्ने उमेर लगायतका केही व्यवस्था हेरफेर गर्न विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको उल्लेख गरे ।   
 

सम्बन्धित खबर