२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गण्डकी प्रदेश समन्वय परिषद् कतारले सुरक्षा सचेतना एवं व्यक्तित्व विकास कार्यक्रम आयोजना गर्ने

Nada
तिलु शर्मा पौडेल
२०८२ साउन २१ गते २०:२१
Shares
गण्डकी प्रदेश समन्वय परिषद् कतारले सुरक्षा सचेतना एवं व्यक्तित्व विकास कार्यक्रम आयोजना गर्ने

दोहा, कतार : गण्डकी प्रदेश समन्वय परिषद् कतारले फरक-फरक आठ शीर्षकमा सुरक्षा सचेतना एवं व्यक्तित्व विकास कार्यक्रम आयोजना गर्ने भएको छ । समन्वय परिषद् कतारको आयोजना तथा मातहतका जिल्ला संस्थाहरूको सह आयोजना, नेपाली रक्तदाता संघ र जीवन विज्ञान कतारसँगको सहकार्यमा उक्त कार्यक्रम आउँदो शुक्रबार इ रिङरोड अन्तर्गत अलथुमामा अवस्थित द अट्रीएम हलमा आयोजना गर्न लागिएको गण्डकी प्रदेशले जनाएको छ ।

ncell

उक्त कार्यक्रममा कतारको कानुनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग कतारका प्रो नेपाली समाज प्रतिनिधि एवं कानुनी परामर्शदाता मोहम्मद रमजान अलि मिया, स्वास्थ्य सुरक्षा तथा वातावरणसम्बन्धी विज्ञ विमल सुवेदी, श्रम तथा सामाजिक सुरक्षा कोषसम्बन्धी पत्रकार अर्जुन पौडेल, योग तथा ध्यान सम्बन्धी गुरु रामजी खत्रीले प्रशिक्षण प्रदान गर्नेछन् ।

त्यस्तै आइएमई लिमिटेडका कतार प्रमुख हेमराज सुवेदी, ग्लोबल आइएमई लिमिटेडका कतार प्रमुख प्रशान्त केसी र नबिल बैंकका कन्ट्री म्यानेजर दीपेन्द्र पौड्यालले रेमिट्यान्स तथा बैंकिङ साक्षरतासम्बन्धी प्रशिक्षण गर्नेछन् भने सिताराम थापाले नेपाली भाषा तथा साहित्यमा आफ्ना अनुभवमार्फत प्रशिक्षण गर्ने कार्यपालिका रहेको कार्यक्रम संयोजक कल्याण थापाले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

कार्यक्रममा सरिक हुन चाहने र यातायात नहुनेहरूका लागि कतारका विभिन्न स्थानबाट निःशुल्क यातायातको समेत व्यवस्था गरिएको हुँदा यातायात संयोजक घनश्याम अर्याललाई ५११०४५३३ सम्पर्क गर्न अनुरोध गरिएको छ । निःशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रम मध्याह्न १२:३० बजेबाट सुरु हुनेछ ।

सम्बन्धित खबर