२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

खुम्चियो वैदेशिक व्यापार : गत आवको व्यापार १५ अर्ब ९२ करोडमा सीमित

ADV
मध्यान्ह
२०८१ साउन ७ गते २०:५०
खुम्चियो वैदेशिक व्यापार : गत आवको व्यापार १५ अर्ब ९२ करोडमा सीमित

काठमाडौं : नेपालको वैदेशिक व्यापार दुई वर्षसम्म लगातार खुम्चिएको छ । आर्थिक वर्ष (आव) २०७९/८० मा सो भन्दा अघिल्लो आवको तुलनामा वैदेशिक व्यापार खुम्चिएर १६ खर्ब ११ अर्बको आयात र १ खर्ब ५७ अर्बको निर्यातमा सीमित भएको भएको थियो । गत आव ०८०/८१ मा पनि वैदेशिक व्यापार निरन्तर खुम्चिँदै १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँमा सीमित हुन पुगेको छ ।

गत आवमा अघिल्लो आव ०७९/८० को तुलनामा आयात १.१६ र निर्यात ३.०३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा कुल १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आवमा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो । भन्सार विभागका अनुसार नेपालको वैदेशिक व्यापार घट्दा गत वर्षमा अघिल्लो वर्षको तुलनामा व्यापार घाटा पनि घट्न पुगेको छ । गत आवमा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ व्यापार घाटा भएको छ भने अघिल्लो आवमा यस्तो घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ बराबर थियो ।

गत आवमा कुल व्यापारमा निर्यातको हिस्सा ८.७३ प्रतिशत कायम भएको छ भने आयातको हिस्सा ९१.२७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो हिस्सा क्रमशः ८.८८ प्रतिशत र ९१.१२ प्रतिशत रहेको थियो । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा गत आवमा सबैभन्दा धेरै डिजेल १ खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख २७ हजार रुपैयाँको डिजेल, ६८ अर्ब १० करोड २० लाख ३६ हजार रुपैयाँ बराबरको पेट्रोल र ५५ अर्ब ६१ करोड ८४ लाख २५ हजार बराबरको एलपी ग्यास आयात भएको छ । त्यसैगरी कच्चा फलाम र स्मार्टफोनको आयात सबैभन्दा धेरै भएको विभागले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise