२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने

Nada
२०८१ साउन ७ गते २०:५४
Shares
एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने

काठमाडौं : एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग नौ करोड ५० लाखको लगानी सम्झौतामा गरेको छ । एनआईबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र सेबोनद्वारा स्वीकृतिप्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको एकाइ हो ।

ncell

३१ असार २०८१ मा हस्ताक्षर भएको साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध पदार्थ उत्पादनमा डेलिज डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेको जनाइएको छ ।

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको छ । सम्झौताअनुसार लगानीपछि उत्पादन क्षमतामा वृद्धिः चितवनमा रहेको आफ्नो हालको कारखानामा प्राविधिक रुपमा उन्नत मेसिनरीहरुको खरिद गरी डेरिजका स्वादिष्ट उत्पादनहरुको बढ्दो मागलाई पूरा गर्न सक्नुका साथै त्यहाँको हालको १० हजार लिटर प्रतिदिनको क्षमतालाई उल्लेखनीय रुपमा वृद्धि गर्न सक्ने जनाइएको छ ।

‘एनआईबीएल इक्विटी पार्टनर्स डेलिस डेरीसँग लगानी साझेदारीपछि सेवामा गुणस्तर वृद्धि हुने एनआईएमबी एस क्यापिटलका सीईओ शिवान्त बहादुर पाँडेले बताए । लगानीमार्फत् स्वदेशमा उत्पादित विभिन्न प्रकारका चिज र उच्च गुणस्तरका दुग्ध उत्पादन सहित डेलिसलाई एउटा प्रख्यात ब्रान्डको रुपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको डेलिस डेरिजका सह–संस्थापक र सीईओ सन्दीप पौडेलले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर