२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

अटोमोबाइल क्षेत्रमा समस्या हटाउन प्रधानमन्त्री सकारात्मक

Nada
२०८१ साउन ७ गते २१:००
Shares
अटोमोबाइल क्षेत्रमा समस्या हटाउन प्रधानमन्त्री सकारात्मक

काठमाडौं : नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ ।

ncell

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गर्दे सरकारका विभिन्न कार्यविधिहरुको कारण अटोमोबाइल व्यवसायीहरु आफनो व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुँदै गएको सन्दर्भमा नेपालको अटोमोबाइल व्यवसायलाई माथि उठाउन आवश्यक नीतिगत सुझावहरु पेश गरेको छ ।

उक्त छलफलमा अध्यक्ष चौधरीले विशेषगरी अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेच लोज प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियो ७५ प्रतिशत गरिनुपर्ने, चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागू भएपछि लागू भएको मिति भन्दा अगाडि कर्जा लिएकाहरुलाई त्यो व्यवस्था लागू नहुने तर, यो लागू भएको मिति पछि कर्जा लिएकाहरुलाई मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागू हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने बताए । 

त्यसैगरी सो छलफलमा अध्यक्ष चौधरीले नेपालमा विद्युतीय सवारी साधनहरुको आयात बढदै गएको भएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरुमा चार्जिङ स्टेशनहरुको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतीय सवारी साधनहरुका सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीति नियम ल्याउनुपर्ने जिकिर गरे । साथै उनले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको हुँदा इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागु भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागू भएको इम्बोस्ड नम्बर प्लेट मध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गर्न समेत अनुरोध गरे ।

यसै क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल उद्योगहरुको समस्या र चुनौतीहरु बारे जानकारी दिए । सो छलफलमा प्रधानमन्त्रीले सवारी साधन, टायर, टयूव, व्याट्री तथा लुव्रिकेन्टस् उद्योगहरुको वर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहलकदमी लिइने आश्वासन दिएको नाडाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर