२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

डीआईजी जोशी एआईजीमा सिफारिस

ADV
कृष्णानन्द भट्ट
२०८१ साउन ७ गते २२:२५
डीआईजी जोशी एआईजीमा सिफारिस

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा डीआईजी रामदत्त जोशीलाई सिफारिस गरिएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले हाल प्रहरी नायब महानिरीक्षक रहेका जोशीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । गत असार १८ गते एआईजी उमेशराज जोशी ५६ वर्षे उमेर हदकाकारण  अवकास भएका थिए ।

उनी अवकास हुनुअघि नै डिआईजी पोषराज पोखरेललाई असार १० गते बसेको बडुवा समितिको बैठकले डिआईजी पोखरेल बडुवा सिफारिस गरेको थियो । तर पछि मन्त्रिपरिषद बैठकले निर्णय नमानेका कारण उनी एआईजीको फुली लगाउन नपाउँदै डीआईजीबाट अवकास पाएका थिए । त्यसैले सोही रिक्त पदमा डीआइजी जोशीलाई बढुवा सिफारिस गरेको हो ।  

डीआईजी जोशी कात्तिक १८ गते अवकास हुने छन् । हाल उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise