२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

पेस्तोलसहित दुई जना पक्राउ

shivam cement
२०८२ कार्तिक १३ गते १८:३७
पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौंः काठमाडौं महानगरपालिका–१८ ढल्कुबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली १२ राउण्डसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१७ नयाँबजार बस्ने नुवाकोट लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समिर श्रेष्ठ र सोही महानगरपालिका–१६ क्षेत्रपाटी बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० खोपासी घर भएका २३ वर्षीय एलेक्स नेपाली रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।

उनीहरूलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

ADV

ताजा खबर

सम्बन्धित खबर