२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

१५ अर्बको चिया, अलैँची र अदुवा निर्यात

ADV
मध्यान्ह
२०८१ साउन ८ गते ११:४६
१५ अर्बको चिया, अलैँची र अदुवा निर्यात

झापा : पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु. १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा  रु. १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा  काँकडभिट्टाबाट रु. छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए। यो नाकाबाट सबैभन्दा धेरै अलैँची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ ।  सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ । 

आर्थिक वर्ष २०८०/०८१ मा यही नाका भएर रु। छ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैँची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा रु. एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषि वस्तुमध्ये एक हो । आव २०८०/८१ मा काँकडभिट्टाबाट रु. ५८ करोड चार लाख तीन हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए । 
 

ADVADV

सम्बन्धित खबर

Advertise