२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एनआईसी एशिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त

ADV
मध्यान्ह
२०८१ साउन ८ गते १२:०३
एनआईसी एशिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त

काठमाडौं : एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चोलराज शर्मा जोशी नियुक्त भएका छन् ।

गत ६ गते बसेको सञ्चालक समितिको बैठकले बर्दियाको मधुवन नगरपालिका वडा नं ७ स्थायी ठेगाना भइ हाल काठमाडौंको जडिबुटी वडा नं ३२ बस्ने ५३ वर्षीय जोशीलाई साउन ७ गतेबाट लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत जोशीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम साउन ७ गते नै संस्थाका अध्यक्ष प्रकाशराज शर्मासमक्ष शपथ ग्रहण गरी पदभार सम्हालिसकेका छन् ।

लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभव भएका जोशीले मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनको दूरदर्शी नेतृत्व तथा कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास छ ।

ADVADV

सम्बन्धित खबर

Advertise