२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ : ह्यारिस

ADV
मध्यान्ह
२०८१ साउन ८ गते १३:१७
राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ : ह्यारिस

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्न पर्याप्त समर्थन रहेको बताएकी छन्  ।
 
"आफ्नो पार्टीबाट उम्मेद्वार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको छु । म चाँडै औपचारिक रूपमा मनोनयन स्वीकार गर्नेछु", ह्यारिसले  एक विज्ञप्तीमार्फत बताइन् ।  
 
डेमोक्र्याटिक पार्टीको बढ्दो दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार सन् २०२४ राष्ट्रपतीय चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन् । उनले पनि डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वारका रूपमा ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्। 

ह्यारिसले पूर्व सभामुख न्यान्सी पेलोसीसहित धेरै प्रमुख डेमोक्र्याटिक व्यक्तित्वको समर्थन प्राप्त गरेको जनाईएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise