२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

तीन महिनाभित्र बक्यौता तिर्नुपर्ने सर्तमा उद्योगमा पुन: लाइन जोड्ने तयारी 

ADV
मध्यान्ह
२०८१ साउन ८ गते १४:२४
तीन महिनाभित्र बक्यौता तिर्नुपर्ने सर्तमा उद्योगमा पुन: लाइन जोड्ने तयारी 

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेका उद्योगमा लाइन जोड्नको लागि ड्राफ्ट तयार पारेको छ । बक्यौता तिर्न बाँकी रहेको उद्योगबाट ३ महिनाभित्र विद्युत् बक्यौता उठाउने गरी लाइन जोड्नको लागि ड्राफ्ट तयार भएको हो । प्राधिकरण सञ्चालक समितिले तयार पारेको ड्राफ्टमा हस्ताक्षर गरेपछि लाइन जोड्न शुरु हुनेछ ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगमा विद्युत् लाइन जोड्न निर्देशन दिएका थिए । तर, सञ्चालक समितिले लिखित निर्देशन नआई लाइन जोड्न नसकिने भनेपछि काम रोकिएको थियो ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा उद्योगी, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, ऊर्जामन्त्री दीपक खड्का, उद्योगी पशुपति मुरारका र उद्योग मन्त्री दामोदर भण्डारी राखेर समस्या सुनेका थिए ।

लामो समयदेखि डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता उठाउने विषय विवाद हुँदै आएको छ । विद्युत् प्राधिकरणले केही समयअघि ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ठुला उद्योगको लाइन काट्न शुरु गरेको थियो ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंक लाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ । प्राधिकरणका अनुसार उक्त रकम जरिवानासहित करिब साढे ८ अर्ब पुगेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise