२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

६ उद्योगको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय

ADV
मध्यान्ह
२०८१ साउन ८ गते १५:४२
६ उद्योगको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय

काठमाडौं : डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत प्राधिकरणले पुन:जोड्ने निर्णय गरेको छ ।

बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो । मंगलबार बसेको विद्युत प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो ।

आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगमा विद्युत लाइन जोड्न निर्देशन दिएका थिए । तर, सञ्चालक समितिले लिखित निर्देशन नआई लाइन जोड्न नसकिने भनेपछि काम रोकिएको थियो ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा उद्योगी, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, ऊर्जामन्त्री दीपक खड्का, उद्योगी पशुपति मुरारका र उद्योग मन्त्री दामोदर भण्डारी राखेर समस्या सुनेका थिए ।

लामो समयदेखि डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता उठाउने विषय विवाद हुँदै आएको छ । विद्युत प्राधिकरणले केही समयअघि ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ठुला उद्योगको लाइन काट्न शुरु गरेको थियो ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंक लाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ । प्राधिकरणका अनुसार उक्त रकम जरिवानासहित करिब साढे ८ अर्ब पुगेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise