२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

साशा इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ एनआइएमबि एस क्यापिटलले निष्कासन गर्ने

Nada
२०८१ साउन ८ गते १६:१०
Shares
साशा इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ एनआइएमबि एस क्यापिटलले निष्कासन गर्ने

काठमाडौं : साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्कासनमार्फत धितोपत्र निष्कासन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

ncell

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ हाइड्रोपावरले दोलखामा अवस्थित खानी खोलाको पानि प्रयोग गरेर ३० मेगावाट क्षमताको खानी खोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरी उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ । हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको साशा हाइड्रोपावरले जनाएको छ । 

धितोपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट अध्यक्ष पवित्र कुमार कार्की तथा निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका कम्पनी सचिव दिलिप कुमार चौधरी तथा एनआइएमबि एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुंगानाको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर