२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एन्टर्क ओनर्स ग्रुप माइलेज टेस्ट पोखरामा सम्पन्न

ADV
मध्यान्ह
२०८१ साउन ८ गते २१:१३
एन्टर्क ओनर्स ग्रुप माइलेज टेस्ट पोखरामा सम्पन्न

काठमाडौं : टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट सम्पन्न गरेको छ । यस राइड टिभिएसको पोखरा स्थित शोरुम स्क्वायर मोटर्सबाट शुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको थियो । उक्त राइडको क्रममा करिब ५० राइडरहरूले माइलेज टेस्ट एनओजी राइडमा भाग लिएका थिए ।

स्क्वायर मोटर्सदेखि सेभेन लेक्स रिसोर्ट सम्म माइलेज टेस्ट गर्दा ७७.२ किलोमिटर माइलेजसहित दीनानाथ अधिकारी विजेता हुन सफल भएका थिए । त्यस्तै, ७५.३८ किलोमिटरको माइलेजसहित रोशनी लामिछाने दोस्रो र ७३.८४ किलोमिटरका राइडसहित सुमन देवकोटा तेस्रो हुन सफल भएका थिए । उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमती लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

टिभिएसकी प्रोडक्ट हेड करुना पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा एक लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु र एनटर्कको माइलेज, पावर र पर्फर्मेन्स प्रति विश्वास बढाउनु हो । उक्त राइडमा हेड मार्सलले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise