२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बुटवल पावर ‘गोल्ड अवार्ड’बाट सम्मानित

ADV
मध्यान्ह
२०८१ साउन ९ गते २२:२३
बुटवल पावर ‘गोल्ड अवार्ड’बाट सम्मानित

काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार’ मा प्रदान गर्ने विभिन्न विधाहरुमध्ये बुटवल पावर कम्पनी लिमिटेड ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले आर्थिक वर्ष २०७९/८० (२०२२/२३) मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका थिए । सो अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीले जनाएको छ । 

कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट बार्षिक प्रतिबेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ ।

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करीव ६३,००० ग्राहकहरुलाई विद्युत वितरण गर्दै आएको छ । हाल संचालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत आयोजनाहरुमा कम्पनीको लगानी रहेको छ ।

निर्माणको चरणमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनामा कम्पनीको लगानी रहेको छ भने पूर्व निर्माणको चरणमा रहेका मर्स्याङ्दी बेसिन स्थित करीव ६ सय मेगावाट क्षमताका तीनवटा जलविद्युत आयोजनाहरु कम्पनीको लगानी रहेको र ७.८ मेगावाट क्षमताको चिनोखोला जलविद्युत आयोजना निर्माण गर्ने योजना रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise