२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ज्योति विकास बैंकले मनायो १६औं वार्षिकोत्सव

ADV
मध्यान्ह
२०८१ साउन ९ गते २२:२४
ज्योति विकास बैंकले मनायो १६औं वार्षिकोत्सव

काठमाडौं : ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रममा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंकको १६ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने समस्त ग्राहक, शेयर धनीहरु, नियामक निकायहरु, कर्मचारीहरु लगायत सम्पूर्ण शुभेच्छुकहरुप्रति कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामा पनि सोही अनुरुपको सहयोग प्रदान गर्न आह्वान गरे ।

उनले बैंक सामाजिक समृद्धिको साथै कर्मचारी विकासको लागि पनि अनवरत रुपमा सक्रिय रहेको र कर्मचारी दक्षता विकासका निम्ति विभिन्न वैदेशिक लगायतका तालिमहरुमा सहभागी भएको कुरालाई उजागर गरे । अध्यक्ष खड्काले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी, समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालक, पूर्व अध्यक्ष, कर्मचारी, शेयरधनी र ग्राहकलाई आभार व्यक्त गरे ।

प्रमुख कार्यकारी अधिकृत ढकालले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरे । 

बैंकले वार्षिकोत्सवको अवसर पारेर परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइटको पनि औपचारिक शुरुवात गरेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारण गरी जम्मा ५० जनाले रक्तदान गरेका थिए । २०६५ सालको श्रावण ९ गते स्थापना भएको ज्योति विकास बैंकले बुधवार १६ वर्षको यात्रा पूरा गरी १७औं वर्षमा प्रवेश गरेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise