२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रियलमीको जिटी ६ टी सार्वजनिक

ADV
मध्यान्ह
२०८१ साउन ९ गते २२:२७
रियलमीको जिटी ६ टी सार्वजनिक

काठमाडौं : स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित रियलमी जिटी ६ टी नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी जिटी ६ टी मा क्वाल्कम स्न्याप ड्रागन सेभेन जेन थ्रि चिपसेट, १२० हर्जको रिफ्रेस रेट, ५५०० एमएएच को ब्याट्री र १२० वाटको सुपरभोक चार्जर जस्ता मुख्य फिचरहरु रहेका छन् ।

रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले भने, ‘नेपालमा रियलमी जिटी ६ टि ल्याउन पाउँदा हामी निकै उत्साहित छौं, यो फ्ल्यागशिप स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरत ादिएको छ, हामी विश्वस्त छौँ कि रियलमी जिटी ६ टी ले स्मार्टफोन उद्योगमा नयाँ बेन्चमार्क सेट गर्नेछ ।’

रियलमी जिटी टी ६ टी नेक्ट जेनेरेसन  स्न्यापड्रागन सेभेन जेन थ्रि प्रोसेसरद्वारा संचालित छ । गेमरहरु, कन्टेन्ट क्रियटर तथा अन्य प्रयोगकर्ताहरुका लागि पनि रियलमी जिटी ६ टी उपयुक्त हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise