२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

समृद्धि फाइनान्स बनेपा शाखाले मनायो दोस्रो वार्षिकोत्सव

ADV
मध्यान्ह
२०८१ साउन ९ गते २२:२८
समृद्धि फाइनान्स बनेपा शाखाले मनायो दोस्रो वार्षिकोत्सव

काठमाडौं : समृद्धि फाइनान्स बनेपा शाखाले दोस्रो वार्षिकोत्सव मनाएको छ । फाइनान्सको बनेपा शाखाले बुधबार आफ्नो दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा फाइनान्सका कार्यकारी निर्देशक टिकानिधि लोहनीले उपस्थित व्यक्तिहरुलाई समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिनुका साथै आगामी दिनहरुमा पनि फाइनान्सले उच्चसाथ/सहयोग को अपेक्षा राखेको बताए  । 

उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ–आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

फाइनान्सले हाल तेह्र वटा शाखाहरुमार्फत् नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिंङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल समेत प्रदान गरिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise