२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

पूर्वीनाका काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात

shivam cement
मध्यान्ह
२०८१ साउन १० गते ११:१३
पूर्वीनाका काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात

झापा : पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । 

काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार  चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो ।  उक्त आवमा रु चार करोड ८० लाख ६० हजार बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ । 

यसैगरी, सोही अवधिमा रु एक करोड ६५ लाख २० हजारको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजारको एक सय ५१ मेट्रिक टन रिठ्ठा, रु ११ लाख ३४ हजारको ११ मेट्रिक टन अमला, रु १२ लाख मूल्य बराबरको २४ मेट्रिक टन चुत्रो निर्यात भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise