२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

तोलामा दुई हजार चार सयले घट्यो सुनको मूल्य

Nada
२०८१ साउन १० गते १२:०४
Shares
तोलामा दुई हजार चार सयले घट्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार चार सयले घटेको छ ।

ncell

बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ ।

यस्तै, बुधबार प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ ।

सम्बन्धित खबर