२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

यामाहा एरोक्स १५५ ले सम्पन्न गर्‍यो काठमाडौंदेखि लद्दाखसम्मको यात्रा

ADV
मध्यान्ह
२०८१ साउन १० गते १२:५७
यामाहा एरोक्स १५५ ले सम्पन्न गर्‍यो काठमाडौंदेखि लद्दाखसम्मको यात्रा

काठमाडौं : अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । उनले केवल ११ दिनमा ५ हजार किलोमिटरभन्दा बढी यात्रा गरेका थिए ।

एमएडब्लू राइदकी सी एमओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भनिन्, ‘यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशिस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौँ। एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले ओझाको सफल अभियानले स्कुटरको क्षमतालाई हाइलाइट गर्दछ । सबै उत्साहीहरूलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू-भागहरूको सामना गर्न प्रेरित गर्दछ र एरोक्स १५५ को वास्तविक क्षमतालाई देखाउँदछ ।’

यो कठिन यात्रामा यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गरेको कम्पनीको भनाइ छ । एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गरेको कम्पनीले बताएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise