२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सिटिजन्स बैंक र दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच समझदारी

ADV
मध्यान्ह
२०८१ साउन १० गते १३:३४
सिटिजन्स बैंक र दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच समझदारी

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काभ्रेपलान्चोकको धुलिखेलस्थित दूषित थानी हिमालयन रिसोर्टबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । ।

सिटिजन्स बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise