२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

निर्माण क्षेत्रप्रति मौद्रिक नीति लचिलो, ऋण तिर्ने समय मंसिरसम्म

ADV
मध्यान्ह
२०८१ साउन ११ गते १३:१४
निर्माण क्षेत्रप्रति मौद्रिक नीति लचिलो, ऋण तिर्ने समय मंसिरसम्म

काठमाडौं : नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीहरूमा प्रवाह भएको ऋणको सावाँब्याज भुक्तान गर्ने अवधि बढाएको छ । 

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीले ऋण तिर्ने समय २०८१ मंसिर मसान्तसम्म पुर्‍याएको घोषणा गरेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि ऋण सिर्जना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम हुने भएको छ ।

कुनै निर्माण व्यवसायी कालो सूचीमा परेमा जेभी भएर काम गरेको अर्को निर्माण कम्पनी कालो सूचीमा नपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्य वृद्धि ५ प्रतिशत राख्ने बताएको छ भने निजी क्षेत्रमा जाने कर्जा वृद्धि हुने अनुमान गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise