२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशत बढाउने लक्ष्य

ADV
मध्यान्ह
२०८१ साउन ११ गते १३:२६
निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशत बढाउने लक्ष्य

काठमाडौँ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य लिएको छ ।

नीतिगत दर घटाउँदै राष्ट्र बैंकले निजी क्षेत्रतर्फ कर्जा विस्तार १२ प्रतिशत कायम गरेको हो । त्यस्तै मुद्रास्फीति ५.५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिइएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति निक्षेप संकलन दर ३ प्रतिशतमा यथावत राखिएको छ भने विस्तृत मुद्राप्रदाय १२ प्रतिशत हासिल हुने लक्ष्य लिइएको छ । सिआरआर तथा एसएलआरलाई यथावत राखिएको छ ।

राष्ट्रबैंकले गत आवको तुलनामा लचक हुँदै यी नीतिहरू लिएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise