२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

रियलमी नार्जो एन ६५ फाइभ जी नेपालमा सार्वजनिक

ADV
मध्यान्ह
२०८१ साउन ११ गते २०:५२
रियलमी नार्जो एन ६५ फाइभ जी नेपालमा सार्वजनिक

काठमाडौं : रियलमीले नार्जो एन ६५ फाइभ जी  र रियलमी सी ६३  नेपाली बजारमा सार्वजनिक गरेको छ ।

रियलमी सि ६५ फाइभ जी मा ६.७२ को फूल एचडी डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, मिडियाटेक डाइमेन्सिटी ७०० र फाइफ जि जस्ता मुख्य फिचरहरु रहेका छन् भने रियलमी सी ६३ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामारा र ४५ वाटको सुपरभोक चार्जर समावेश रहेका छन् ।

लन्चबारे बोल्दै रियलमीको लागि भारत र नेपालको हेड अफ स्ट्राटेजी, मुनिस गिरीले भने, ‘हामी नेपाल बजारमा नार्जो एन ६५ फाइभ जी र रियलमी सी ६३ ल्याउन पाउँदा निकै उत्साहित छौं, यी स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ, नार्जो एन ६५ फाइभ जिको उन्नत फाइभ जि फिचरहरु र सी ६३ को किफायती मूल्यमा नै प्राप्त हुने आकर्षक फिचरहरुले ग्राहकहरुको मन जित्नेमा हामी विश्वस्त छौँ ।’

ADVADV

सम्बन्धित खबर

Advertise