२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

ज्योति विकास बैंकद्वारा ‘ज्योतिज गट ट्यालेन्ट’ आयोजना

Nada
२०८१ साउन ११ गते २०:५४
Shares
ज्योति विकास बैंकद्वारा ‘ज्योतिज गट ट्यालेन्ट’ आयोजना

काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले ‘ज्योतिज गट ट्यालेन्ट’को पहिलो संस्करण आयोजना गरेको छ ।

ncell

रचनात्मकता र सृजनात्मकताको अनन्त सम्भावनाहरुलाई उजागर गर्ने तथा बहुप्रतीभाका प्रतिमूर्तिहरुलाई सम्मान गर्ने उद्देश्यले बैंकका देशभरका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका कर्मचारीका साथै कर्मचारीका परिवारका बालबालिकाहरुको सहभागितामा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

‘ज्योति गट ट्यालेन्ट २०२४’ मा कर्मचारीहरुको लागि ‘नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला र कविता’ गरी पाँच विधा राखिएको थियो भने बालबालिकाहरुका लागि ‘नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला, जादू, हस्तलेखन, र कविता’ गरी सात विधाहरु समावेश गरिएको थियो, जसमा प्रतियोगीहरुको सक्रिय सहभागिता रहेको थियो । उक्त खुला आन्तरिक प्रतिस्पर्धात्मक प्रतियोगिताका विजेताहरु बुधवार, बैंकको १६औं वार्षिकोत्सव समारोहको अवसरमा घोषणा गरिएको थियो ।

विजेताहरुलाई बैंकका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बधाई ज्ञापन गरे । कार्यक्रममार्फत् बैंकले कर्मचारीहरुको रचनात्मक सिप प्रवर्द्धन, आत्मविश्वासको अभिवृद्धि, र बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै प्रतिभा उजागर गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ ।

सम्बन्धित खबर