२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

‘बचतको सम्मान र सही लगानी’ बारे लक्ष्मी सनराइजले ल्यायो भिडियो

Nada
२०८१ साउन ११ गते २०:५६
Shares
‘बचतको सम्मान र सही लगानी’ बारे लक्ष्मी सनराइजले ल्यायो भिडियो

काठमाडौं : लक्ष्मी सनराइजले बैंकले ‘बचतको सम्मान र सही लगानी’बारे जानकारी दिन भिडियो सार्वजनिक गरेको छ । दुई मिनेट २० सेकेन्डको सो भिडियोले बैंकमा जम्मा हुने हरेक साना देखी ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रुपमा दर्शाएको छ । भिडियोको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ उनले जम्मा गरेको जस्तै स–साना बचत मिसिएर जलविद्युत जस्ता ठूला परियोजनाहरुमा लगानी भइ कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनी पढ्न पाउँदछ । 

ncell

लक्ष्मी सनराइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्धितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ । बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठूला परियोजना मात्र नभई साना परियोजनाहरुलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरु प्रवाह गर्दछ । यस्ता कर्जाहरुले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरु पनि सो फिल्ममा समेटिएको छ । 

भिडियोमार्फत् बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ–कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरुको प्रवर्द्वनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छ; र बचत गर्नु हुने बैंकका ग्राहकहरु नै देशको समृद्धिको सारथी भएको कुरा प्रतित गराइएको छ ।

सम्बन्धित खबर