२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

नाडाद्वारा मौद्रिक नीतिमा असन्तुष्टि व्यक्त

मध्यान्ह
२०८१ साउन ११ गते २०:५७
नाडाद्वारा मौद्रिक नीतिमा असन्तुष्टि व्यक्त

काठमाडौं : नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपाल (नाडा)ले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०८१/०८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा असन्तुष्टि व्यक्त गरेको छ । मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई वेवास्ता गरेको भन्दै नाडाले आपत्ति जनाएको हो । नाडाले केही दिन अघि पनि अटोमोवाइल क्षेत्रमैत्री मौद्रिक नीतिको आवश्यकताका विषयमा सरोकारवालालाई बताएको थियो ।

‘अटोमोबाइल क्षेत्रले विद्युतीय सवारी साधन मात्र नभई समस्त अटो व्यवसायलाई समेट्छ, जसमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी, पार्ट्स, लुब्रिकेन्ट्स र टायर पनि पर्छन्’, नाडाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यी सबै व्यवसायलाई हित हुने नीतिको आवश्यकता थियो, तर मौद्रक नीतिले नाडाको कुनै पनि सुझावहरुलाई सम्बोधन गर्न नसकेको मात्र होइन पुरै वेवास्ता गरिएको छ ।’

यस्तो किसिमको वेवास्ताले एकातर्फ नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुले ऋण भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न हुने र सबै व्यवसायीहरु कालोसुचीमा पर्ने नाडाको भनाइ छ । मौद्रिक नीतिमार्फत् निर्माण व्यवसायलाई कर्जा सूचना सम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसुचीमा समावेश नगर्ने गरिएको व्यवस्थाले व्यवसायीहरु अन्योलमा परेको नाडाले जनाएको छ ।

सो नीतिले हेवी इकयूपमेण्ट, ट्रक, टिपर, पार्टस लुव्रिकेण्टस, टायर र ब्याट्रीहरु जुन उधारोमा बिक्री गर्नु पर्ने हुन्छ, त्यस्तोमा कुनै पनि फर्मलाई कालोसूचीमा राख्ने व्यवस्था गर्नुपर्ने नाडाको धारणा छ । सामान बिक्री गरे पश्चात् लिएको चेकको हकमा मात्र यस्तो व्यवस्था लागु गरिनुपर्ने भएकोले यसतर्फ नेपाल राष्ट्र बैंकले तत्कालै सुधार गर्नुपर्ने नाडाको भनाइ छ ।

ADV

सम्बन्धित खबर