२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि ‘ब्लू स्ट्रिक्स’

ADV
मध्यान्ह
२०८१ साउन ११ गते २१:०६
यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि ‘ब्लू स्ट्रिक्स’

काठमाडौं : यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतिक्षित ‘ब्लू स्ट्रिक्स’ पहल शुरु गर्ने घोषणा गरेको छ । यामाहाले साउन १० गते ‘ब्लू स्ट्रिक्स’ पहल शुरु गर्ने घोषणा गरेको हो ।

यामाहा मालिकहरुलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरुका मोटरसाइकलहरुबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ‘ब्लू स्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम हो जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्ने कम्पनीले जनाएको छ ।

‘ब्लू स्ट्रिक्स’ यामाहाको आफ्ना ग्राहकहरुसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान–मेसिन’ अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो । ‘ब्लु स्ट्रिक्स’ कार्यक्रममा सामेल भएर यामाहा मालिकहरुले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरु प्राप्त गर्नेछन् ।

विशेष कार्यक्रमका अवसर र सवारीहरुदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरुसम्म प्रदान गरि ‘ब्लू स्ट्रिक्स’ ले यामाहा मालिकहरुका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । 

‘ब्लू स्ट्रिक्स’को सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुंगा हो’ एमएडब्लु राइडर्सको सिएमव पुनम सिंहले भने, ‘हामी सम्पूर्ण यामाहा मालिकहरुलाई एकै ठाउँमा ल्याउन र उनीहरुसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौ ।’

ADVADV

सम्बन्धित खबर

Advertise