२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दायित्व भुलेर उत्सव

ADV
२०८१ जेठ २५ गते ०६:३५
दायित्व भुलेर उत्सव

दश वर्षपछि नेपालले खेलिरहेको टी–२० विश्वकप क्रिकेट अहिले सर्वाधिक रुचिको विषय बनेको देखिन्छ । अमेरिकामा मंगलबार राति नेदरल्याण्डस्विरुद्ध नेपालले खेलेको पहिलो खेल संसारभर रहेका नेपालीहरुले हेरेका थिए । अमेरिकामा दिउँसो भएको खेल हेर्न १५ हजार नेपाली मैदान पुगेका थिए भने यता नेपालमा रातको समयमा टुँडिखेलमै क्रिकेट देखाइएको थियो । टुँडिखेलकै जस्तो व्यवस्था देशका प्रमुख शहरहरुमा गरिएको थियो । विजुली र इन्टरनेटको पहुँज पुगेका गाउँदेखि संसारका विभिन्न कुनामा पुगेका नेपालीहरुले त्यसदिनको क्रिकेट हेरेका थिए । नेपाली समर्थकहरु मात्र नभएर कतिपय मन्त्रीहरुले मन्त्रालयमै नेपालको जर्सी लगाएर त्यसदिन उत्सव मनाएका थिए । रास्वपाका सांसदहरु नेपाली राष्ट्रिय टोलीका जर्सी लगाएर संसद् बैठकमा सहभागी भएका थिए । 

विश्वकपको पहिलो दिन भएको खेलप्रति देखिएको आकर्षणले नेपालमा विकास भइरहेको क्रिकेट संस्कृति बुझ्न सकिन्छ । खेलको शुभकामना नदिने भीभीआईपी लगभग कोही बाँकी थिएनन् होला । सर्वसाधरणको आकर्षण थेगिनसक्नु थियो । यस्तो आकर्षण देखिनुमा दश वर्षपछि नेपालले विश्वकप खेल्नु पनि हो । दश वर्ष अगाडि सन् २०१४ को बंगलादेश विश्वकपमा नेपालले पहिलोपटक भाग लिएको थियो । तर त्यसपछि विश्वकपमा छनोट हुनै सकेन । यसपटक दोस्रोपटक विश्वकप खेल्दैछ । नेपाली टीमका खेलाडीहरुले सुपर ८ लक्ष्य भनिरहेका छन् । तर सुपर ८ मा पुग्न पहिलो दिन चलेको जस्तो खेलले पुग्दैन । किनकि अब नेपालले खेल्न बाँकी टीमहरु टेष्ट मान्यता प्राप्त देशहरु हुन् । 

त्यसैले खेलाडीहरुले अझ मेहनत गर्नुपर्नेछ । नेपाल सहभागी टीममा नेदरल्याण्डस् र नेपाल मात्र एसोसियट्स राष्ट्र हुन् । तर नेदरल्याण्डस्सँग पराजित भएको नेपालले सुपर ८ मा पुग्न ठूलै मेहनत गर्नुपर्छ । जारी खेलमा गरिने आशा यति नै हो । तर मुलुकको नेतृत्वको दायित्व भने विश्वकप सकिएपछि सुरु हुनेछ । हाम्रो विगतको नजीरले पनि दायित्वबारे आमपंक्तिबाट दबाव सिर्जना गर्न आवश्यक छ । दश वर्ष अगाडि विश्वकप खेलिसकेको नेपालसँग अझैपनि राम्रो क्रिकेट मैदान नहुनु र खेलाडीहरुले नियमित तलब नपाउने जस्ता आधारभूत समस्या कायमै छ । कीर्तिपुर रंगशाला बाहेक थप गतिलो मैदान छैन । तर खेलाडीहरुको मेहनतले देखिएको प्रगतिमा रमाइरहेका र अझ राजनीति गरिरहेकाले विश्वकप सकिएपछि नयाँ यात्रा थाल्न आवश्यक छ । त्यसो हुँदा मात्रै नेपालले बढी भन्दा बढी अवसर सिर्जना गर्न सक्छ । विश्वकपमा लगातार पुगिरहँदा एकदिन बिजेता बन्ने दिन आउन सक्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise