२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

वर्ल्डलिंकले ल्यायो ‘दुईमा चार’ अफर

ADV
मध्यान्ह
२०८१ साउन १३ गते २०:५८
वर्ल्डलिंकले ल्यायो ‘दुईमा चार’ अफर

काठमाडौं : वर्ल्डलिंकले एकैपटक दुई वर्षको रकम तिर्दा दुई सय एमबीपीएस गतिको इन्टरनेट मासिक सात सय ५० रुपैयाँमा पाउन सकिने अफर ल्याएको छ । नियमित, नयाँ र पुराना ग्राहकका निम्ति कम्पनीले अफरसहित सस्तो मूल्यको ‘दुईमा चार अफर’ ल्याइएको जनाएको हो । अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुट पाउनेछन् । यसका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुईवटा नोकिया बिकन १.१ र नेटटीभी एन्ड्रोइडको सेटअप बक्स समेत सित्तैमा पाइने वर्ल्डलिंकले जनाएको छ ।

त्यसअनुसार इन्टरनेट सेवाको मूल्य भ्याटबाहेक १७ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ । डिभाइसहरुको डिपोजिट पनि तिर्नुपर्ने कम्पनीको भनाइ छ । यस्तै, १९ हजार चार सय ९० रुपैयाँमा दुई सय ५० एमबीपीएस र २२ हजार दुई सय ९० रुपैयाँमा ३०० एमबीपीएस गतिको इन्टरनेटका निम्ति कम्पनीले २४ महिने प्याकेज ल्याएको छ । दुई सय, दुई सय ५० र ३०० एमबीपीएस गतिका प्याकेज तीन महिना, ६ महिना वा १२ महिनामध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प छ ।

सोहीअनुसार दुई सय एमबीपीएसको इन्टरनेटको मूल्य तीन महिनाका निम्ति तीन हजार तीन सय रुपैयाँ, ६ महिनाका लागि ६ हजार चार सय रुपैयाँ र १२ महिनाका निम्ति १२ हजार ६ सय रुपैयाँ छ । दुई सय ५० एमबीपीएसको तीनमहिने प्याकेजको मूल्य तीन हजार ६ सय रुपैयाँ, ६ महिने प्याकेजको सात हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार आठ सय रुपैयाँ तोकिएको छ । कम्पनीले तीन सय एमबीपीएसको इन्टरनेटको तीन महिनाका निम्ति चार हजार ५० रुपैयाँ, ६ महिनाका लागि सात हजार नौ सय रुपैयाँ र एक वर्षका निम्ति १५ हजार ६ सय रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise