२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुनरा स्कुटरको सुनौलो मनसुन अफर

ADV
मध्यान्ह
२०८१ साउन १३ गते २०:५९
सुनरा स्कुटरको सुनौलो मनसुन अफर

काठमाडौं : सुनरा इलेक्ट्रीकको नयाँ स्कुटर नेपाल आएको छ । सुनरा इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी केटीएम इन्टरनेशनल ट्रेडिङले सुनरा स्कुटरको सुनौलो मनसुन अफर ल्याएको कम्पनीका सेल्स तथा मार्केटिंग मेनेजर नबराज घिमिरेले जानकारी दिए ।

कम्पनीले तीन मोडल रोबो एस, ह्वांक डबल ब्याट्री तथा ह्वांक सिंगल ब्याट्रीमा विशेष छुटको अफर ल्याएको छ । रोबो एसमा ६० हजार छुट, ह्वांक डबल ब्याट्रीमा ५८ हजार र ह्वांक सिंगल ब्याट्रीमा ३७ हजार छुट उपलब्ध गराइएको जनाएको छ । रोबो–एसमा ३ किलोवाटको पावर क्षमताको मोटर रहेको छ, जसमा ४३०० किलोवाटको पिक पावर छ । 

७२ भोल्ट २० एमएएचको दुई ओटा लिथियम ब्याट्री उपलब्ध छ, जसले सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । यसको टप स्पीड ८० किलोमिटर प्रति घण्टाको छ । रोबो९एस को एमआरपी तीन लाख ७९ हजार नौ सय रुपैयाँ रहेको छ । ह्वांकमा १८०० वाटको पावर क्षमताको मोटर रहेको छ। ७२ भोल्ट २० एम ए एचको दुई ओटा तथा सिंगल लिथियम ब्याट्रीमा उपलब्ध छ, जसले सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । यसको टप स्पीड ६५ किलोमिटर प्रति घण्टाको छ । 

ह्वांक डबल ब्याट्री को एमआरपी ३ लाख १७ हजार ९ सय रुपैयाँ रहेको छ भने सिंगल ब्याट्री को एमआरपी २ लाख ३६ हजार ९ सय रहेको छ । सस्तो रेञ्जको सुनरा के ५ पनि नेपाल भित्रिएको छ । यसमा ४ किलोवाट पिक पावर क्षमताको मोटर उपलब्ध छ । ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्री एक पटक फुल चार्ज गर्न ६÷७ घण्टा लाग्छ र १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । यसको टप स्पीड ६० किलोमिटर प्रति घण्टाको छ । यसमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स, दुबै तर्फ डिस्क ब्रेक, एलईडी लाइट, स्मार्ट कि, तथा अन्डरसिट बुट स्पेस पाउन सकिन्छ । सुनरा के ५ को एमआरपी १ लाख ८९ हजार ९ सय रहेको छ । केटीएम इन्टरनेशनलले ईभी स्कुटर बाहेक बेनेलीका मोटरसाइकल तथा स्कुटर समेत बिक्री गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise