२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नबिलद्वारा देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

ADV
मध्यान्ह
२०८१ साउन १३ गते २१:०१
नबिलद्वारा देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

काठमाडौं : नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको हो । स्थापनाको ४०औँ वार्षिकोत्सवका अवसरमा बैंकले शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरेको हो ।

बैंकले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका निम्ति वाकाथनमार्फत ऐक्यबद्धता जनाएकोे छ । वाकाथनको शुभारम्भ गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्षअगाडि नै दिगो पाइला चालेका कारण आजको दिनसम्म आइपुगेको बताए । आउँदो दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने उनले प्रतिबद्धता व्यक्त गरे । 

‘नबिल बैंक दिगो विकासका लागि प्रतिबद्ध छ । हामीहरुले दिगो बैंकिङमार्फत् यसको सुरुआत गरिसकेका छौँ । आगामी दिनका लागि प्रतिबद्धता जनाउन आज यहाँ उपस्थित भएका छौँ’, उनले भने ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धतासहित देशव्यापी वाकाथन आयोजना गरिएको जानकारी दिए । ‘बैंकले दरिलो भविष्यका लागि दिगोपनाको नीतिअनुसार गतिविधि अगाडि बढाइसकेको छ । आइतबार देशव्यापी रुपमा आयोजना गरिएको यस वाकाथनले दिगो भविष्यका लागि प्रतिबद्धता र यसबारे जनचेतना जगाउन यस थप सहयोग हुनेमा हामी विश्वस्त छौँ’ उनले भने ।

ADVADV

सम्बन्धित खबर

Advertise