२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

बालविवाह मुक्त वडा घोषणा गर्नेमा नगरमै पहिलो बन्यो वडा नं. ४

shivam cement
कमल कुमाल
२०८१ जेठ २४ गते २२:४४
Shares
बालविवाह मुक्त वडा घोषणा गर्नेमा नगरमै पहिलो बन्यो वडा नं. ४

कालीकोट : कालीकोटको रास्कोट नगरपालिकाको वडा नं.४ लाई पालिकाकै पहिलो बालविवाह मुक्त वडा घोषण गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच वडा नम्बर ४ लाई बाल विवाह मुक्त वडा घोषण गरिएको हो । 

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल, सादा नेपाल लगाएतका अन्य साझेदार संघ संस्थाको सहयोगमा वडा नम्बर ४ लाई  बालविवाह मुक्त वडा घोषण गरिएको हो ।  

बालविवाह मुक्त वडा घोषणा भएको क्षण ऐतिहासिक भएको भन्दै वडा अध्यक्ष सज्यालले बालविवाह मुक्त अभियानमा स्थानीयले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको समेत बताए । 

यति कसैले बाल विवाह गरेको पाइएका कानून बमोजिम कारबाही गरिने समेत बताए । बाल विवाह गर्दा स्वास्थ्यमा समस्या हुनुका साथै हाम्रा दिदीबहिनीहरुले अकालमै  ज्यान गुमाउनुपर्ने बाध्यता छ । यो समाजका लागि एकदमै कुसंस्कार कुरीती हुनुका साथै  समाजका लागि घातक रोग भएको हुँदा यो रोगलाई समयमै उन्मूलन गर्नुपर्ने नगर प्रमुख शाही (पोषण) ले बताए । 

त्यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख मनिराज बरालले अबको केही महिनाभित्र अरु वडालाई पनि बालविवाह मुक्त घोषणा गर्ने तयारी भइरहेको समेत बताए । 

‘सामाजिक कलंकको रुपमा रहको यो एउटा  अपराध  कार्यलाई जरैदेखि उन्मूलन गर्नका लागि यो वडालाई  सुरुवाती वडाका रुपमा लिएका छौं’ उनले भने, ‘आगामी दिनमा यसलाई विस्तारै विस्तारै शून्यमा झार्नपर्छ ।’ रास्कोट नगरपालिकालाई पूर्णरुपमा बालविवाह मुक्त नगरपालिका बनाउने समेत बरालले बताए । 

वडा अध्यक्ष दिनेश सज्यालको अध्यक्षता तथा  रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पोषण)को प्रमुख आतिथ्यता, नगर उपप्रमुख मनिराज बरालको विशेष आतिथ्यतामा वडालाई बालविवाह मुक्त वडा घोषण गरिएको थियो ।  वडा नम्बर ९ लाई बालविवाह मुक्त वडा घोषणा समेत गरिने छ ।

सम्बन्धित खबर