२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बीवाईडीको ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान

ADV
मध्यान्ह
२०८१ साउन १४ गते २१:४३
बीवाईडीको ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान

काठमाडौं : बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौंको कालिमाटी स्थित दुई पकेट फरेस्टमा पाँच सय ५० वटा वृक्षारोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत बीवाईडीले द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं. १३ सँगको सहकार्यमा सो वृक्षरोपण गरेको हो । सो अवसरमा मिस नेपाल २०२४ का प्रतियोगीहरुले सहभागिता जनाएका थिए । जसले अभियानको प्रभाव र पहुँच बढाउन थप भूमिका खेलेको छ । 

अर्थपूर्ण वातावरणीय परिवर्तनका लागि सामुदायिक साझेदारीको शक्तिलाई यसले संकेत गरेको छ । नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका लागि आगामी तीन वर्ष सम्म हेरचाह र सम्भार गरिने छ ।  ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट अभियानअन्तर्गत कालिमाटीमा सफलतापूर्वक ५५० वृक्षारोपण गरेकोमा हामी उत्साहित भएका छौ’, साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठले भने, ‘यो पहल वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा हाम्रो समर्पणको प्रमाण हो । ’

‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियानले विशेषतः सहरी क्षेत्रमा हरियाली निर्माण गर्न र वातावरणीय दिगोपनाका लागि योगदान गर्ने लक्ष्य लिएको छ । यसबाट साइमेक्सले वातावरणीय ह्रासको हानिकारक नतिजाहरुको लामो समय देखि सामना गरिरहेको काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभावलाई कम गर्न खोजेको छ ।

‘हामीले वृक्षरोपण गरेका दुई पकेट फरेस्ट समुदायका लागि शीतलताको स्रोत तथा सयौं चरा र हजारौ किरा फट्याङग्राहरुको बासस्थान हुनेछ, बीवाईडी र द हिडन ट्रेजरको टिमसँग मिलेर यो प्रभाव सिर्जना गर्न पाएकोमा हामी धेरै आभारी छौं’, द रिभोलुसन प्रोजेक्टका को–फाउन्डर आयुष देव पन्तले भने ।

ADVADV

सम्बन्धित खबर

Advertise