२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज शुरु

ADV
मध्यान्ह
२०८१ साउन १४ गते २१:५०
हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज शुरु

काठमाडौं : नेपालका लागि हिरो मोटोकर्पका आधिकारिक बिक्रेता सिजी मोटर्सले ‘हिरो एक्सचेञ्ज’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ । साउन १३ गते आइतबारबाट शुरु भएर साउन १८ गतेसम्म संचालन हुने कम्पनीले जनाएको हो ।

कम्पनीकाअनुसार नौ ठाउँमा (बनेपा, दुलेगौंडा, गौशल, धनुषाधाम, महेन्द्रनगर इष्ट, सुरुङगा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर) हुनेछ । यस मेलामा ग्राहकले कुनै पनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्यांकन भन्दा आठ हजार बढीको मूल्यांकन पाउने आयोजकले जनाएको छ । साथै, एक्सचेञ्ज अफरमा सात हजार रुपैयाँसम्मको नगद छुट तथा निशुल्क हेल्मेट पनि वितरण गरिने छ । 

एक्सचेञ्ज अफरमा ग्राहकहरुले हिरो एक्स पल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन् । नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरु समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरुमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ ।

साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ । यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरुको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रूत रुपमा विस्तार गरिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise