२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

लिटमस केबल्सको ‘पावर पार्टनर्स मिट २०८१’ सम्पन्न

ADV
मध्यान्ह
२०८१ साउन १४ गते २१:५४
लिटमस केबल्सको ‘पावर पार्टनर्स मिट २०८१’ सम्पन्न

काठमाडौं : नेपाली वायर तथा केबल उद्योगमा अग्रणी नाम लिट्मस इन्डिस्ट्रिज लिमिटेडले हालै मात्र आफ्नो दोस्रो पावर पार्टनर्स मिट २०८१ कार्यक्रम काठमाडौंको हायात होटलमा सम्पन्न गरेको छ ।

कार्यक्रममा देशैभरबाट लिट्मसका डिलर तथा वितरकका साथसाथै एमईपी, इपीसी तथा कर्पोरेट पार्टनर्सहरू गरी २०० जनाको उपस्थिति रहेको थियो ।

सो कार्यकममा कम्पनीको तर्फबाट जानकारीमूलक प्रस्तुतिका साथै उपलब्धिमूलक नेटवर्किङ सेसनको पनि आयोजना गरिएको थियो ।

नेपालभरिबाट कार्यक्रममा सहभागी भएका च्यानल पार्टनरहरूको आतिथ्यबाट सुरु भएको कार्यक्रममा लिट्मसले आफ्ना महत्वपूर्ण कोशेढुङ्गा, भावी योजना साथै नेपाली बजारकै पहिलो वातावरणमैत्री तार लिट्मसको इकोवायरजेडएच्बारे पनि सहभागीहरूलाई विस्तारमा जानकारी गराएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise