२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुनचाँदीको असर्फी किन्न अब परिचयपत्र अनिवार्य

ADV
मध्यान्ह
२०८१ साउन १५ गते १२:१४
सुनचाँदीको असर्फी किन्न अब परिचयपत्र अनिवार्य

काठमाडौंः नेपाल राष्ट्र बैंकले असर्फी बिक्री गर्दा कम्प्युटर बिलिङको व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाबाट बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिका सिक्का र मेडालियनको बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराइने व्यवस्था लागू गरिएको बैंकले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

योसँगै केन्द्रीय बैंकले ग्राहकले असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्दा अनिवार्यरुपमा आफ्नो परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र, मतदाता परिचयपत्र, राहदानी वा नागरिकताको प्रमाणपत्र नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्र पेस गर्नुपर्ने जनाएको छ । साथै विदेशी नागरिकको हकमा भने राहदानी पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise