२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सामसङ नेपालले ल्यायो  नि:शुल्क पिक-अप र ड्रप सेवा 

Nada
२०८१ साउन १५ गते १४:४६
Shares
सामसङ नेपालले ल्यायो  नि:शुल्क पिक-अप र ड्रप सेवा 

काठमाडौं : सामसङ नेपालले साउन १ गतेदेखि काठमाडौं उपत्यकाभरि वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि फ्रि पिक-अप र ड्रप सेवा बजारमा ल्याएको छ ।

ncell

वारेन्टीमा रहेका मोबाइलहरूमा कुनै समस्या देखिएमा निःशुल्क उपलब्ध नेपाल टेलिकमको टोल-फ्रि मोबाइल नम्बर १६६००१७२६६७, एनसेलको नम्बर ९८०१५७२६६७ मा वा ह्वाट्सएप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरेर घरमै पिक-अप र ड्रप सेवा सुविधा पाउने सामसङ नेपालले जनाएको छ ।

मोबाइल लिनका लागि सामसङका प्रतिनिधिले ग्राहकले कल गरेको १ दिनभित्रै ग्राहकहरूको घरमै पुगेर मोबाइल लिनेछन् र मर्मत भएपछि घरमै फिर्ता पुर्‍याइदिने सामसङ नेपालले जनाएको छ ।

हाललाई काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेको सर्भिस सेन्टरहरूबाट यो सुविधा दिइएको कम्पनीको भनाइ छ ।

सम्बन्धित खबर