२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

३५ अंकले बढेको शेयर बजारमा १७ अर्बको कारोबार

ADV
मध्यान्ह
२०८१ साउन १५ गते १५:१२
३५ अंकले बढेको शेयर बजारमा १७ अर्बको कारोबार

काठमाडौं– मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज शेयर बजार ३५.५५ अंकले बढेर २.६९६ को विन्दुमा कायम भएको छ । आज १८९ कम्पनीको शेयर मूल्य बढ्दा ४७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर छ । 

यस्तै, आज कारोबार समय भरिमा ३२९ कम्पनीको चार करोड तीन लाख कित्ता शेयर किनबेच हुँदा रु. १७ अर्ब २६ करोड ६३ लाखको शेयर कारोबार भएको छ । आजको शेयर बजारमा चार कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । आज प्रोगेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सन्जेन जलविद्युत कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो । साथै आज हिमालयन रि–इन्स्योरेन्सले सबैभन्दा धेरै शेयर कारोबार गरेको छ । यस कम्पनीले आज ६० करोड माथिको शेयर कारोबार गरेको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise