
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले यसपटक आफूले काठमाडौँ-१ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यसपटक आफूले जित्ने दाबी गरेका छन् ।
‘यसअघि ६३ भोटले त्यसबेला हारेँ ! अब राहु र संकटा चलेको बेला कसैको केही लाग्दैन । त्यति मतले मात्र हानुमा मेरो राहु र संकटा चलेको थियो,’ उनले भने, ‘अब यसपटक म पक्का जित्छु ।’
साथै, उनले अस्तित्व मै प्रश्न उठिरहेको बेला त्यो मुद्दाले मात्र देश नबन्ने जिकिर गरेका छन् ।
‘युक्रेनमा अहिले गएर सुशासन र भ्रष्टाचार विरुद्धको मुद्दा लिएर देश बन्छ ? सिरिया, लिबिया लगायतका देश बन्छ ? बन्दैन,’ मिश्रले भने, ‘अहिले हाम्रो देशको त्यसैगरी अस्तित्व मै प्रश्न उठिरहेको बेला त्यो मुद्दाले मात्र देश बन्दैन ।’
उनले राजसंस्थाको वकालत गरेको आफ्नो पुस्ताका लागि नभएको भन्दै युवा पुस्ताका लागि जिकिर गरेका छन् ।