२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नेशनल लाइफको ‘गाला कन्सर्ट’ सम्पन्न

ADV
मध्यान्ह
२०८१ साउन १५ गते २२:११
नेशनल लाइफको ‘गाला कन्सर्ट’ सम्पन्न

काठमाडौं : काठमाडौको सोल्टी होटलमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गाला कन्सर्ट सम्पन्न भएको छ । नेशनल लाइफले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब तीन सय जनाको उपस्थितिमा उक्त कन्सर्ट सम्पन्न गरेको हो ।

कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दीप क्षेत्रीको प्रहसन सहित नेपालका चर्चित कलाकारहरु प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्माको सांगितिक प्रस्तुति रहेको थियो भने चर्चित डिजे नानीको प्रस्तुतिमा उपस्थित अभिककर्ताहरुले मनोरञ्जन लिएका थिए । 

उक्त गाला कन्सर्टमा कम्पनीका उप कार्यकारी अधिकृतले नेशनल लाइफले सदा झैं अभिकर्ताहरुको चाहानालाई मध्यनजर गर्दै विभिन्न योजनाहरु ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरुले उत्साहका साथ मनन गरेकाले योजना सफल भएको बताए । उनले अभिकर्ताहरुको उत्साहजनक उपस्थितिले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise