२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

भि–चित्रले भारतमा पायो प्रतिष्ठित पुरस्कार

shivam cement
मध्यान्ह
२०८१ साउन १५ गते २२:१२
भि–चित्रले भारतमा पायो प्रतिष्ठित पुरस्कार

काठमाडौं : नेपाली विज्ञापन एजेन्सी भि–चित्रले भारतको प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ । भि–चित्रले ‘रुरल मार्केटिङ एसोसिएसन अफ इन्डिया’ द्वारा भारतमा आयोजित ‘फ्लेम अवार्ड २०२४’ समारोहमा नेपालको अग्रणी विज्ञापन एजेन्सी भि–चित्रले २ स्वर्ण र १ रजत पुरस्कारका साथ उच्च सम्मान प्राप्त गरेको छ ।  

भि–चित्रले लोकप्रिय नेपाली तयारी चाउचाउ ब्राण्ड वाइवाइको लागि संचालन गरेको ‘हामी सबैको मनमा वाइवाइ’ उत्कृष्ट लामो अवधिको अभियान र कपालको हेरचाह सम्बन्धिको ब्राण्ड ‘लिभोन’ को लागि गरिएको क्याम्पेन ‘किप योर कलर्स’ वर्षको उत्कृष्ट बजेट क्याम्पेन घोषित हुँदै गोल्ड अवार्ड प्राप्त गरेको छ । यसका साथै भि–चित्रले लिभोन प्रोफेशनलका लागि गरेको अभियान वर्षकै बेस्ट इनोभेटिभ क्याम्पेन घोषित हुँदै सिल्भर अवार्डद्वारा सम्मानित भएको छ ।

भि–चित्रले ख्यातीप्राप्त पुरस्कार प्राप्त गरेको सन्दर्भमा खुशी हुँदै एजेन्सीका ग्राहक सम्बन्ध प्रमुख अनुपम श्रेष्ठले भने, ‘विज्ञापनले पुस्ताहरूलाई जोड्दछ। ‘हामी सबैको मनमा वाइवाई’ यसैको एउटा प्रमुख उदाहरण हो’, श्रेष्ठले सन् २००० मा सुरु भएको वाइवाइको यस अभियानलाई स्मरण गर्दै भने, ‘वाइवाइ नेपालकै लोकप्रिय ब्रान्ड हो तर पनि पुस्तान्तरण सँगसँगै ग्राहकहरूसँग सम्बन्ध बनाइराख्नु उत्तिकै जरुरी हुन्छ । सन् २००० को प्रारम्भमा सुरु गरिएको मौलिक अभियान ‘हामी सबैको वाइवाइ’ले गहिरो रूपमा सबैको मनमा प्रतिध्वनित गरेको हुनाले आज पनि हामी पुराना र नयाँ दुवै दर्शकहरूलाई जोड्ने कुराहरूको सिर्जना गर्न, दुवैसँग भावनात्मक सम्बन्ध र संलग्नता कायम गर्न स्थापित परिचयको लाभ लिँदै पुराना भावनाहरूमा आधुनिक टच मिसाउँछौं ।’

ADV

सम्बन्धित खबर

Advertise