२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नेपाल लाइफको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड कार्यक्रम’ सम्पन्न

ADV
मध्यान्ह
२०८१ साउन १६ गते ११:४२
नेपाल लाइफको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड कार्यक्रम’ सम्पन्न

काठमाडौं : जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय लिडरसिप एक्सिलेन्सी अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा यही साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम “हक वर्ष ः  फ्लाई हाई, एम हायर” नाराका साथ सम्पन्न भएको हो । 

कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । कम्पनीका सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए । 

कार्यक्रममा भर्चुवल्ली बोल्दै सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले आ.व २०८०/८१ मा गरेको जबर्जस्त प्रस्तुतिको लागि व्यक्तिगत र सञ्चालक समितिको तर्फबाट बधाई र धन्यवाद दिएका थिए । आर्थिक वर्ष २०८०/८१ मा कम्पनी आफ्नो बजार हिस्सा बढाउन सफल भएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । उनले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष २०८१/८२ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । 

कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेल, पेसागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी, पेसागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । 

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट १४१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक,  २२ जनालाई रत्न पदक र १३७ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो । 

त्यस्तै एजेन्सी मेनेजर  तर्फबाट  क्रमशस् नेपाल प्रथम, द्वितीय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट  र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फबाट क्रमश: नेपाल प्रथम, द्वितीय र तृतीय हुने खुशी भट्ट, भीमा पन्थी र अर्बिन राजवंशीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise