२०८२ साउन ७ गते बुधवार / Jul 23 , 2025 , Wednesday
२०८२ साउन ७ गते बुधवार
Ads

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

shivam cement
मध्यान्ह
२०८१ साउन १६ गते १४:५८
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं – सरकारले बुधबार १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०९२ जारी गर्न लागेको जानकारी दिएको छ ।

ऋणपत्र खरिद गर्न चाहनहरुले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । यो ऋणपत्र भोलि निष्काशन हुनेछ भने यसको साँवा भुक्तानी पनि भोलि नै हुनेछ । यो ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ  । साथै ऋणपत्र धितोमा राखी कर्जा लिन र दिन पाइनेछ ।

ADV

सम्बन्धित खबर

Advertise