२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

२७ सयको विन्दुमा पुग्यो नेप्से परिसूचक, कारोबार २१ अर्ब ९१ करोडमाथि

Nada
२०८१ साउन १६ गते १५:१२
Shares
२७ सयको विन्दुमा पुग्यो नेप्से परिसूचक, कारोबार २१ अर्ब ९१ करोडमाथि

काठमाडौंः बुधबार नेप्से परिसूचक २७ सयको विन्दुमा कायम भएको छ । आज शेयर बजार ६४.२५ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयर मूल्य बढ्दा ४४ कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मूल्य स्थिर छ ।

ncell

यस्तै आज कारोबार समयभित्र जम्मा ३३२ कम्पनीको पाँच करोड नौ लाख कित्ता शेयर खरिदबिक्री हुँदा रु. २१ अर्ब ९१ करोड १५ लाखको शेयर कारोबार भएको छ । शेयर बजारमा भएको यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६० करोड बढीको कारोबार भएको थियो ।

आज १७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै हिमालयन रि–इन्स्योरेन्सले सबैभन्दा बढी अर्थात् ८४ करोडको शेयर कारोबार गरेको छ ।

सम्बन्धित खबर